१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रणबहादुर लिङखिम स्मृति प्रतिष्ठानद्धारा दृष्टिविहिन र मष्तिकघात पीडितलाई सहयोग

स्वर्गीय रणबहादुर लिङखिम स्मृति प्रतिष्ठानले आइतबार ताप्लेजुङका दृष्टिविहिनहरुलाई न्यानो कपडा तथा मष्तिकघात पीडित भागिरथा पालुङवाका परिवारलाई उपचार सहयोग उपलब्ध गरेको छ।

प्रतिष्ठानले नेत्रहिन संघ ताप्लेजुङमा आवद्ध ३५ जनाका लागि न्यानो कपडा(ट्रयाक सुट) प्रदान गरेको छ। प्रतिष्ठानका सदस्य समेत रहेका सञ्चारकर्मी दिनेश लिङखिमले नेत्रहिन संघ ताप्लेजुङका अध्यक्ष नरसिंह लिम्बूमार्फत प्राप्त हुन आएको नामावलीका आधारमा उक्त न्यानो कपडा हस्तान्तरण गरिएको जानकारी दिए। नेत्रहिन संघका सदस्यलाई स्थलतगत रुपमै दिइएको तथा र उपस्थित हुन नसकेकाहरुलाई नेत्रहिन संघको जिल्ला समितिमार्फत न्यानो कपडा उलब्ध गराईने समेत लिङखिमले जानकारी दिए।  

प्रतिष्ठानले फुङलिङ नगरपालिका वडा नं ७ निवासी बृखबहादुर पालुङ्वाकी श्रीमती भागिरथाको उपचारका लागि नगद ३० हजार रुपैयाँ समेत उपलब्ध गराएको छ। लामो समय देखि मष्तिकघात भएर उपचारमा रहेकी भागिरथा अहिले भारतका विभिन्न अस्पतालमा उपचाररत छिन्। उनले झापा र मोरङका विभिन्न अस्पतालमा समेत उपचार गराएकी थिइन्। 

पछिल्लो समय प्रतिष्ठानले हरेक बर्ष सामाजिक कार्यका विभिन्न अभियानमा सहयोग गर्दै आइरहेको छ। अघिल्लो बर्ष कोरोना संक्रमण बिरुद्ध अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मी,स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि जनस्वास्थ्य सुरक्षाका सामाग्री(मास्क र स्यानीटाइजर)उपलब्ध गराएको थियो। 

विक्रम् सम्वत् २००४ सालमा जन्मिएका लिङखिम २०२५ सालमा बृट्रिस आर्मीमा भर्ती भई २०४० सालमा सेवानिवृत भएका थिए। उनको २०५३ साल असोज ९ गते निधन भएको थियो। त्यही निधन भएको दिनमा सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत स्वर्गीय रणबहादुर लिङखिम स्मृति प्रतिष्ठानले हरेक बर्ष विभिन्न सहयोगका कार्य गर्दै आएको छ।

प्रकाशित: ९ आश्विन २०७९ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App