२५ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

अरुको नाममा ट्रायल दिने पाँंच जना पक्राउ

भक्तपुरको मध्यपुर थिमि नगरपलिका वडा नं. ५ राधेराधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाइ अन्य व्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न हुँदै आइरहेका पाँंच जनालाई प्रहरीले पक्राउ गरेको छ।

विभिन्न मितिमा प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले नक्कली नागरिकताहरु, पासपोर्ट, प्रवेश पत्रहरु, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइलसहित नियन्त्रणमा लिइ लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले बिहीबार जनाएको छ।

पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका ११ टाँडी घर भइ हाल चाबहिल काठमाडौँ बस्ने वर्ष २० को मनिष श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका ४ घर भइ हाल तीनकुने काठमाडौँ बस्ने वर्ष २० कै मनिष लामिछाने, कालिकोट महाबई गाउँंपालिका १ घर भइ हालकटुञ्जे भक्तपुर वस्ने वर्ष २४ का ईन्द्रबहादुर शाही, सिन्धुली दुधौली नगरपालिका १४ घर हुने वर्ष २१ का टुल्कु सिं तामाङ र गोरखा भीमसेनस्थान गाउपालिका १ घर हुने वर्ष २२ का राजकुमार श्रीमल रहेको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: २३ भाद्र २०७९ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App