१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जात्रा हेरेर फर्कने क्रममा कुटपिटबाट एक पुरुषको मृत्यु

पालुङटार नगरपालिका वडा नं ५ धरमपानीमा शनिबार राती एक पुरुषको कुटपिटबाट मृत्यु भएको छ।  

ठाँटीपोखरीमा भएको रोपाईं जात्रा हेरेर फर्किने क्रममा भएको झगडाबाट एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। राती १० बजेतिर भएको घटनामा परी स्थानीय ३५ वर्षका बुद्धी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए।

घाइतेलाई राती आँपपिपल अस्पतालमा पुर्‍याएपछि अस्पतालले उनको मृत्यु घोषणा गरेको थियो। घटनामा संग्लन रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।  

प्रकाशित: २९ श्रावण २०७९ ०५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App