१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

नुहाउने क्रममा बालकको ज्यान गयो

कैलालीको टीकापुर नगरपालिका–१ मा आज एक बालकको पानीमा डुबेर ज्यान गएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार पानीमा डुबेर ज्यान जानेमा टीकापुर नगरपालिका–१ एकतानगर शिविरका लालसिँह परियारका छोरा वर्ष १२ का दिनेश परियार रहेका छन्।

उनी साथीहरुसँग स्थानीय जमरा कुलोमा नुहाउने क्रममा दिउँसो १२ बजे डुबेर बेपत्ता भएका थिए। उनलाई प्रहरी र स्थानीयले करिब १ घण्टापछि पानीमा डुबेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए।

पानीमा डुबेको अवस्थामा फेला परेका परियारलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएको थियो। उनलाई टीकापुर अस्पतालका चिकित्सकले मृत घोषित गरेको डिएसपी शाहीले बताए।

प्रकाशित: २१ श्रावण २०७९ ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App