कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली नदी तर्ने क्रममा बगाएको पुरुषको शव फेला परेको छ।
वनबाट निउरो साग टिपेर घर फर्कने क्रममा एकै परिवारका ३ जनालाई नदीले बगाएको थियो। मंगलबार बिहान साढे १० बजे वडा नम्बर ९ का ३६ दिल वर्षीय कुमार सुनार , उनकी श्रीमति ३१ वर्षीया राममाया सुनार र छोरा १२ वर्षीय निरज सुनारलाई बगाएको थियो।
बेपत्ता भएका दिल कुमारको शव बुधबार बिहान नगरपालिका वडा नम्बर ९ चौबा भन्ने स्थानमा घटना स्थलबाट ४ किमी दक्षिण नदीको किनारमा फेला परेको प्रहरी उपरिक्षक जेशी शाहले बताए। बेपत्ता भएकी राममाया सुनारलाई भने मंगलाबार साँझ नै १ किलो मिटर दक्षिण तर्फ नदीको किनारमा शव फेला पारिएको थियो। निरज सुनार भने नदीको किनारमा ५ सय मिटर दक्षिण किनारमा सकुसल भेटिएको थियो।
बेपत्ता भएका दम्पतीको खोजी कार्यकालागि तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५० जनाको उद्धार टोली घटना स्थलमा परिचालन भएका थिए। कोईली खोलामा हरेक वर्ष वर्षातको बेलामा घटना हुने गरेको स्थानीयबासी बताउँछन। पुल नहुदा घटना हुने गरेको छ।
प्रकाशित: १८ श्रावण २०७९ ०६:४५ बुधबार