२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भरतपुरमा विद्युतको काम ठप्प

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको कार्यालयको काम थप्प पारिएको छ। 

कार्यालय प्रमुखसहित ८ जना कर्मचारीलाई गिरफ्तार गरेको उनीहरुले आज (मंगलबार) कार्यालयको काम ठप्प पारेका हुन्। उनीहरुले आफ्ना कर्मचारीलाई झुठा मुद्दा लगाएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा समेत धर्ना दिएका छन्।  

असार ३१ गते कार्यालयमा रिपोटिङ गर्न गएका पत्रकार कृष्ण आचार्यमाथि कुटपीट गरेको आरोपमा विद्युतका ८ जना कर्मचारी प्रहरी नियन्त्रणमा छन्। उनीहरुविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता भएको छ। उनीहरुले लगाईएको मुद्दा  फिर्ता लिन अनुरोध गरेका छन्।  

प्रकाशित: ३ श्रावण २०७९ ०८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App