१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश १ को नाम 'किराँत प्रदेश' राख्न माग गर्दै प्रदर्शन (फाेटाेफिचर)

किराँत राई यायोक्साले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गर्दै। उनीहरुले प्रदेशको नाम ‘किराँत’ हुनुपर्ने मागसहित प्रदर्शनमा उत्रेका थिए। तस्बिरः चुमन/नागरिक

किराँत राई यायोक्खाले प्रदेश १ को नाम ‘किराँत’ राखिनु पर्नेमा मागसहित सोमबार विराटनगरमा प्रदर्शन गरेको छ।  

सुनसरीको धरानबाट सुरु भएको मोटरसाइकल र्‍याली विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन्। प्रदेशका विभिन्न जिल्लाबाट धरानमा भेला भई आएका उनीहरुले प्रदेशको नाम ‘किराँत’ राख्न पर्ने मागसहित मुख्यमन्त्री राजेन्द्रकुमार राई ज्ञापनपत्र बुझाएका थिए।  

उनीहरुले प्रदेशसभा अगाडि प्रदर्शन गरेकाहरुले सभामुख प्रदीपकुमार भण्डारीलाई समेत भेटका थिए। ज्ञापनपत्र बुझाउँदै किराँत सभ्यता भएको र त्यसैबाट प्रदेशको नाम राखिनुपर्नेमा उनीहरुले जोड दिए। किराँतले नै प्रदेशको सभ्यता, साँस्कृतिक, मौलिकतालाई बोध गराउने भएकाले यसै अधिवेशनबाट नाम टुंगो लगाउनु पर्ने उनीहरुको माग रहेको छ।  

सगरमाथा, कोसी, सप्तकोसी, लिम्बुवान्, विजयपुर, खुम्बुवान्, किराँत, शेर्पालुलगायतका नामहरु चर्चामा रहेका छन्। पछिल्लो समय कोसी र किराँत दुई वटा नामका विषयमा बढी चर्चा र चासो देखिएको छ। पहिचान पक्षधरहरु किराँत नाम राख्न जोड दिइरहेका छन्। भूगोल पक्षधरहरु कौशिकी, कोसी र सप्तकोसी नामाकरण हुनुपर्ने धारणा राख्दै आएको छन्।  

पहिचान र भौगोलिक के आधारमा नाम राख्ने भन्ने विषय विवादित बन्दा प्रदेशको नामाकरण अहिले अधिवेशन पास गर्ने वा नगर्ने विषय पेचिलो बन्दै गएको छ।

तस्बिरहरू: चुमन बस्नेत 

प्रकाशित: २ श्रावण २०७९ १३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App