नेपाल प्रहरीको आईजीपी विवाद मुद्दामा आज जवाफी बहस हुँदैछ।
रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो। यो मुद्दामा आज अन्तिम फैसला आउन सक्ने जनाइएको छ।
मुद्दाको सुनुवाई का.मु. प्रधानन्यायधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाई भइरहेको छ।
सरकारले आफू भन्दा कनिष्ठलाई ऐन मिचेर आईजीपीमा बढुवा गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
प्रकाशित: २७ असार २०७९ ०३:४५ सोमबार