४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

विनोद शाहीकाे हत्या अनुसन्धानका लागि पञ्चदेवल विनायककी मेयर पक्राउ

अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन्। पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले मेयर चलाउनेलाई पक्राउ गरेको हो।

शनिबार घटनाको अनुसन्धानका लागि चलाउने र अर्का एक व्यक्तिलाई पक्राउ गरिएको अछामका डीएसपी नारायण डांगीले बताए। यो सँगै शाही मृत्युको अनुसन्धानका लागि पक्राउ पर्नेको संख्या ७ पुगेको छ। पीडित पक्षले हत्या गरेको आरोप लगाउँदै मेयर चलाउने सहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो।

३० वैशाखको स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो कांग्रेस कार्यकर्ताले जाहेरी दिएका व्यक्तिहरुलाई १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो। सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ। पछि उनी मृत भेटिएका थिए।

प्रकाशित: १९ असार २०७९ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App