१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पोखरीमा डुबेको अवस्थामा पुरुषको शव भेटियो

धनुषाको सहिदनगर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ। सहिदनगर नगरपालिका-५ बागेश्वरी पोखरीमा डुबेको अवस्थामा पुरुषको शव भेटिएको ईलाका प्रहरी कार्यलय यदुकूहाका प्रहरी निरीक्षक हरि विष्णु ढकालले जानकारी दिए।

अन्दाजी ४०/४१ वर्षीय पुरुषको शव शनिबार बिहान फेला परेको प्रहरी निरीक्षक ढकालले बताए। उनले भने, 'शवको प्रकृति हेर्दा दुई/तीन दिन अघिनै डुबेको जस्तो देखिन्छ, त्यसको यकिन पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ।'

तत्काल ठेगाना खुल्न नसकेका उनी सो आसपासमा बारम्बार देखा परिरहने स्थानीयहरू बताउँछन्। मानसिक सन्तुलन समेत ठीक नरहेका भनिएका उनले लगाएको लुगा पोखरी किनारमा भेटिएको छ। लुगा फुकालेर नुहाउनको लागि पोखरीमा छिरेको हुनसक्ने त्यहाँका स्थानीयले बताए।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएकाे छ।

प्रकाशित: १८ असार २०७९ ०५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App