४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

खुल्यो पाल्पा-बुटवल सडक खण्ड

पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ। अविरल वर्षाका कारण पाल्पा खण्डको दोभानबाट सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो।

सो क्षेत्रमा पहिरो हटाइएपछि केहीबेरअघिबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। लेदोसहितको पहिरो खसेर बिहानै सडक बन्द हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो। सडक खुलेपछि अहिले यस राजमार्ग भएर गुड्ने सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।

प्रकाशित: १४ असार २०७९ १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App