१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

फाइलतस्बिर

लगातारको वर्षाले सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडक अवरुद्ध भएको छ। वर्षासँगै आएको पहिराले मकालु गाउँपालिका–३ सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इञ्जीनियर  दिपेश रजकले जानकारी दिए।

आज बिहान ७ बजे खाँदबारी–किमाथाङ्का सडकखण्ड मकालु–३ कोसम्माटारमा पहिरो खसेको सडक अवरुद्ध भएको उनले बताए। सो क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ। सङ्खुवासभामा दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकले बताए। पानी रोकिए पनि पहिरो हटाउन चार–पाँच दिन लाग्न सडक कार्यालयले जनाएको छ।  

सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ। सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ। अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालुको फ्याक्सिन्दासम्म मात्रै चलेका छन्। एक महिना बन्द भएको भोटखोला जाने सडक एक साताअघि मात्र खुलाइएको थियो। रासस

प्रकाशित: २७ जेष्ठ २०७९ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App