२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

झडप पछि ओराली बजार तनावग्रस्त

बाघको आक्रमणको विषयलाई लिएर सोमबार स्थानीय र प्रहरीबीच झडप भएपछि मंगलबार बिहानदेखि ओराली बजार तनाव ग्रस्त बनेको छ। झडपमा स्थानीय १९ वर्षीय नविना थारुको गोली प्रहारबाट मृत्यु भएपछि स्थानीय आक्रोषित छन्। समस्या सामाधान गर्न सर्वदलिय बैठक बसिरहेको छ।

बाघ आक्रमणको विषयलाई लिएर स्थानीयले सोमबार विहानदेखि हुलाकी सडक अवरुद्ध गरेका थिए। खेतमाकामगर्न गएकी मधुवन नगरपालिका– २ सोनाहा गाउँकी ४१ वर्षीय अस्मिता थारुलाई बाघले आक्रमण गरि गम्भिर घाईते बनाएपछि स्थानीयले सडकमा प्रर्दशन गरिरहेका छन्।

थारुलाई बाघले आक्रमण गर्दा नजिकै खेतमा काम गरिरहेका अन्य व्यक्तिहरुले हल्ला गर्दा बाघ छोडेर भागेको स्थानीय बताउँछन्। महिलालाई बाघले आक्रमण गरेको डिभिजन वनकार्यालय बर्दियाकाअधिकृत प्रविण विडारीले जानकारी दिएका छन्।

बाघ आक्रमणले घाईते भएकीथारुको नेपालगंजमा उपचार भईरहेको परिवारिक स्रोतले जनाएको छ। खाता करिडोर क्षेत्रमा बाघको आक्रमण रोकिएको छैन। १३ दिन अघिबाख्रा चराउन गएकी ४९ वर्षीया महिलालाई बाघले आक्रमण गरेको थियो।

बाघको आक्रमण निरन्तर भईरहेको मधुवन नगरपालिका–३ का रमेश थारुले बताए। ‘बाघ आक्रमण रोकथामका लागि सम्बन्धित निकायले चासो देखाएको छैन,’ थारुले भने,‘सरकारले वन्यजन्तुको संरक्षण गर्ने तर, यस क्षेत्रकामानिसको जिउधनलाई संरक्षण गर्न कुनै वास्ता गरेको छैन।,’  

खाताकरिडोर क्षेत्र अन्तरर्गत गत बाघले आक्रमण गरिरहेको छ।सम्बन्धिनिकायले मानिसको जिउको संरक्षणलाई प्राथमिकता नदिएको आरोप लगाउँदै स्थानीयआक्रोसित बनेका छन्। समयमै घटनास्थलमा सम्बन्धित निकायकाअधिकारी नपुग्दा स्थानीय झन् आक्रोशित बनेका थिए। वन क्षेत्रलाई तारवार गरी मानिसको जिउधन संरक्षण गर्नुपर्ने माग स्थानीयको छ। 

बाघ आक्रमण रोकथाममा सम्बन्धित निकाय मौन रहेको विरोध जनाउदै स्थानीयले सोमबार गुलरिया राजापुर सडकको ओराली बजारमा प्रदर्शन गर्दा घटना घटेको प्रमुख जिल्लाअधिकारी बन्धु प्रसाद वास्तोलाले बताए। ‘करिडोर क्षेत्रमा बाघको आक्रमण परेको घटना पहिलो थिएन’उनले भने,‘बाघले आक्रमण गरेको घटनामा प्रहरी माथीजाई लाग्दा समस्या भयो।’ आक्रोसित स्थानीयले ओराली बजारमा आगजनी गरी प्रदर्शन गरेपछि सडक अस्तव्यस्त बनेका छ। गुलरिया राजापुर सडकको ओराली बजार तनावग्रस्त बन्दा सडक पुर्ण रुपमा अवरुद्ध भएको छ।

प्रकाशित: २४ जेष्ठ २०७९ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App