काठमाडौंका सडकमा थुप्रिएको फोहोरमा केमिकल छरेर दुर्गन्ध हटाउन थालिएको छ।
काठमाडौं महानगरपालिकाले विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरमा केमिकल छर्केर दुर्गन्ध हटाउन थालेको हो।
यहाँकाे फोहोर विसर्जन गरिदैं आएको सिसडोल ल्यान्डफिल साइटमा त्यहाँका स्थानीयले फोहोर फाल्न नदिएपछि उपत्यकामा लामो समयदेखि फोहोर थुप्रिएर बसेकाे छ। फाेहाेरले शहर नै दुर्गन्धित हुन थालेपछि महानगरले केमिकल छरेर दुर्गन्ध हटाउन थालेकाे हाे।
सिसडोलबासीले भने राज्यले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेसम्म काठमाडौंको फोहोर फाल्न नदिने अडान राखेका छन्।
प्रकाशित: २३ जेष्ठ २०७९ १०:३७ सोमबार