७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मतदानका दिन वर्षातको जोखिम, तयारी फितलो

मुख्य निर्वाचन अधिकृतको कार्यालय।

मौसम विभागले निर्वाचनका दिन पानी पर्न सक्ने चेतावनी दिएको भएपनि रोल्पामा त्यसका लागि पूर्व तयारी गरिएको छैन। लेखा परीक्षण समेत गर्न नपर्ने निर्वाचनको बेसुमार रकम खर्च गर्ने अधिकारीहरुले आवश्यकता अनुसारका काम समेत नगर्दा सम्भावित जोखिम थपिएको हो।

‘निर्वाचनको अन्तिम तयारी करिब-करिब सकियो। त्यस्तो कुनै असजिलो छैन।’ मुख्य निर्वाचन अधिकृत दिलिपराज पन्तले भने ‘पानी परेमा हाम्रो तयारी नभए पनि सम्बन्धित पालिकालाई माथिबाटै तयारी गर्नु भन्ने निर्देशन भएको भन्ने बुझिन्छ। अन्य पालिकामा निर्वाचन अधिकृतलाई बुझ्नु होला। यहाँ म अहिले नै फेरी नगरपालिकाका १० वटै वडामा तयारीको निर्देशन गर्नेछु।’

उनले निर्वाचन सबैको दायित्व भएको बताउँदै सबैले आफ्नो भुमिका निभाउनु पर्ने बताए। यस पटकको निर्वाचन तयारी अलि फितलो भएको गुनासो आइरहँदा सम्बन्धीत निकायले गम्भीरता नदेखाएको प्रष्ट हुन्छ। जिल्लामा दैनिक पानी परिरहेको छ तर त्रास र तयारी गतिलो देखिदैन। ‘अलि अलि प्लास्टिकि त छ तर पानी पर्यो भने थेग्न सक्दैन। हामीलाई त्रिपाल किन्ने बजेट दिइएको छैन। गोजिको पैसा हालेर किन्ने कुरा भएन।’

एक मदतान अधिकृतले भने ‘पानी आयो भने मतपत्रको सुरक्षा गर्न अलि सकस हुन्छ।’ निर्वाचन गराउन खटिएका मतदान अधिकृतहरुका अनुसार जिल्लाका अधिकांश मतदान केन्द्रमा पानी परेपछिको तयारी गरिएको छैन। प्रमुख जिल्ला अधिकारी निर्वाचनको तयारी करिब-करिब सकिएको बताउँछन्।

धेरै मतदान केन्द्र स्कुलमा रहेकाले पानी नै परेपछि सुरक्षित राख्न समस्या नभएको उनको भनाइ छ। ‘सबै मतदान केन्द्रमा सर्वदलीय बैठक राखेर त्रीपालको व्यवस्था गर्नु भनेको छु। स्थानीय निकायले पनि जिम्मेवारी लिनुपर्छ।’ प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा भन्छन्, ‘त्रिपाल किन्नको लागि बजेट पनि छैन। राज्यले त्यो सोचाइ पनि बनाएन।’ उनले सके सम्म सर्तकता अपनाइने बताए।

प्रकाशित: २९ वैशाख २०७९ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App