१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सुरक्षाकर्मी र गाडि लिएर भारतीय सैनिक विमान भैरहवामा

लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ।

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गते लुम्बिनी आउँदै छन्। सोही भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सैनिक अधिकारीको टोलीसहित मोदी र अतिविशिष्ट पाहुनाहरुले प्रयोग गर्ने गाडी लिएर भारतीय सेनाको विमान भैरहवा आएको हो। विमान बिहान सवा १० बजे भैरहवामा अवतरण गरेको हो।  

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार कुटनीतिक उडान गर्दै आएको भारतीय वायु सेनाको इलुसियन विमान आईसी–७६ले सुरक्षाकर्मी र गाडी लिएर आएको हो। विमान आजै दिल्ली फर्कने छ।

लुम्बिनीमा जेठ २ गते २५६६ औं बुद्ध जयन्ती मनाइँदै छ। बुद्ध जयन्ती समारोहमा भारतीय प्रधानमन्त्री मोदी सरिक हुने भएपछि उनको स्वागतका लागि तयारी तीव्र पारीएको छ। लुम्बिनीमा ४ वटा हेलिप्याड तयार निर्माण गरीदैँछ। लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराइले अन्तराष्ट्रिय बौद्ध ध्यान केन्द्र एवं सभाहल नजिकै हेलिप्याड निर्माण लगायतका अन्य तयारीहरु तीव्र गतीमा भइरहेको जानकारी दिए।

भारतले लुम्बिनीमा निर्माण गर्न लागीरहेको जर्मन स्तुपा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा शिलन्यास गर्ने कार्यक्रम पनि रहेको लुम्बिनी विकास कोषले जनाएको छ। मोदीको स्वागतका लागि लुम्बिनीमा आन्तरिक तयारीहरु तीव्र पारीएको छ। लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ। मोदीको भ्रमणका सम्बन्धमा भारतका उच्च अधिकारीहरु र लुम्बिनी विकास कोषकाअधिकारीहरुबीच पटक पटक छलफल भएको कोषका कर्मचारीहरु बताउँछन्।  

बुद्ध जयन्तीकै अवसर पारेर जेठ २ गते नै गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको समेत उद्घाटन गरिने छ। कुवेतको जजिरा एयरलाइन्सले भैरहवाबाट सोही दिन व्यवसायिक उडान भर्ने छ। विमानस्थलका अधिकारीहरुका अनुसार जजिराले सोमबार,बुधबार र शुक्रबार गरी सातामा तीन वटा उडान भर्ने अनुमती लिइसकेको छ। 

प्रकाशित: २८ वैशाख २०७९ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App