३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

रोल्पामा झडप, एक घाइते

रोल्पामा चुनावी प्रचारमा हिँडेका दुई पक्षबीच झडप भएको छ। चुनावी गठबन्धन गरेका कांग्रेस/एमाले र माओवादी/नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच बुधबार राति झडप भएको हो।

प्रहरीका अनुसार चुनावी अभियानमा लागेका दुवै पक्षका कार्यकर्ताबीच माडी गाउँपालिका ३ तालाबाङमा झडप हुँदा कांग्रेस र एमाले गठबन्धनका वडा अध्यक्ष उम्मेदवार निमबहादुर डाँगी घाइते भएका छन्। डाँगीको टाउकोमा चोट लागेको छ। उनलाई थप उपचारका लागि दाङ पठाइएको  

प्रहरीले जनाएको छ। दिउँसो तालाबाङमा भएको कांग्रेस–एमाले गठबन्धनको चुनावी सभाको विषयमा बेलुकी दुवै पक्षका युवाबीच विवाद भएको थियो। उम्मेदवार घाइते भएपछि अवस्था तनावपूर्ण भएको स्थानीयले बताए। माडीमा चुनावी गठबन्धन गरेका माओवादी केन्द्र र एकीकृत समाजवादी एकातिर छन् भने कांग्रेस र एमाले अर्कातिर छन्।

रोल्पा प्रहरी प्रमुख बिनोद घिमिरेले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भईरहेको बताए। प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बिहीबार दिउँसो सर्बदलीए बैठक बोलाइएको बताउँदै सो घटना बारे छलफल गरिने बताए। ‘अलि असजिलो बातावरण बनेको छ। अहिले ४ बजे सर्बदलीय बैठक बोलाएको छु। दलहरुले मिलेर शान्तपूर्ण बातावरण बनाउनुपर्छ।’

रोल्पाका प्राय सबै पालिकामा कडा चुनावी प्रतिस्प्रर्धा हुने अवस्था आएपछि दलका कार्यकर्ताबीचमा मनमुटाव बढ्दै गएको स्थानीयहरु बताउँछन्। घटनाको विषयलाई लिएर माडी गाउँपालिकामा पनि बैठक बसिरहेको कांग्रेस क्षेत्रिय सभापती गोपाल घर्तीले बताए।

प्रकाशित: २२ वैशाख २०७९ ०९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App