१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

कपिलवस्तुका तीन पालिका प्रमुखले फिर्ता गरे सरकारी गाडी

निर्वाचन आचारसंहिता लागु हुनु पूर्व नै कपिलवस्तुका तीन पालिका प्रमुखले सरकारी गाडी फिर्ता गरेका छन्। निर्वाचनलाई स्वच्छ, मर्यादित बनाउन भन्दै उनीहरुले आफूले चढ्दै आएको सेता प्लेटका स्कारपियो गाडी फिर्ता गरेका हुन्।

महराजगंज नगरपालिकाका मेयर तथा कांग्रेस जिल्ला अध्यक्ष अब्दुल कलाम, कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह र यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेशकुमार पाण्डेयले पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई गाडीको चाबी हस्तान्तरण गरेका हुन्।

महाराजगंजका मेयर कलामले शुक्रबार बिहान लु १ झ ३९१ नम्बरको गाडीको चाँबी प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र चौधरीलाई हस्तान्तरण गरे। निर्वाचन आचारसंहिता लाग्नु पूर्व नै आफूले चढ्दै आएको गाडी फिर्ता गरेको उनले बताए। ‘वैशाख ३० मा हुने चुनाव स्वतन्त्र, निश्पच्छ भयरहीत हुनु पर्छ त्यसका लागि हामी सबैले निर्वाचनको आचारसंहितालाई पूर्ण पालना गर्न जरुरी छ,’ उनले भने, ‘त्यसको सुरुवात मैले आफैबाट गरेँ।’ उता बिहीबार दिउँसो यशोधरा गाउँपालिकाका प्रमुख तथा निर्वाचन क्षेत्र नम्बर २ ख को कांग्रेस क्षेत्रीय अध्यक्ष गिरिजेशकुमार पाण्डेयले सेता नम्बर प्लेटको लु १ झ ३८६ नम्बरको गाडी फिर्ता गरे। उनले गाडीको चाँबि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादु्र सिंहलाई हस्तान्तरण गरे।

निर्वाचन घोषणा भएको र आचारसंहिता पनि लागू हुन केही दिन मात्र बाँकी छँदै आफूले निर्वाचन स्वच्छ र मर्यादित बनाउन गाडी फिर्ता गरेको प्रमुख पाण्डेयले बताए। निर्वाचनका बेला सरकारी गाडीलाई दुरुपयोग हुनबाट बचाउन आफूले यस्तो कदम चालेको उनले बताए। पार्टीले टिकट दिए फेरि चुनाव लड्ने सोच बनाएका उनले अब आफूले निजी सवारी साधान प्रयोग गर्ने बताए।

उता कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले निर्वाचन आचारसंहिता लागू हुनु पूर्व नै आफूले चढ्दै आएको लु १ झ ३९८ नम्बरको सतो प्लेटका स्कारपियो नगरपालिकालाई फिर्ता गरे। स्थानीय तहको निर्वाचन घोषणा भई सकेको अवस्थामा आफूले सरकारी सेवाका गाडी दुरुपयोग हुन नदिन प्रमुख प्रशाकीय अधिकृत रामचन्द्र ढकाललाई गाडी बुझाएको मेयर शाहले बताए। ‘निर्वाचन घोषणा भई सकेको छ। आचारसंहिता पनि लागू हुने बेला भएको छ। त्यसले सरकारी सेवाको दुरुपयोग हुन नदिन मैले गाडी फिर्ता गरेका हुँ,’ उनले भने।

यस्तै उनले २०७८ चैत र २०७९ वैशाख महिनाको तलब भत्ता लगायतका स्ुविधा समेत नलिने संचारकर्मीसंग घोषणा गरेका छन्। ‘अब मैले तलब भत्ता लगायतका कुनै पनि सरकारी सुविधा लिन्नँ,’ उनले भने। स्थानीय निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवार उनले चार हजारभन्दा बढी मत अन्नतरले मेयर निर्वाचित भएका थिए। केही महिना पहिले मात्र उनी कांग्रेसमा प्रवेश गरेका थिए। मेयरमा फेरि लड्न चाहेका उनले पार्टीले टिकट दिए मेयरमा उम्मेदवार बन्ने बताए।

गत आइतबार मेयर शाहले अफिस समयमा नगरपालिका पुगेर सेतो प्लेटको स्कारपियो गाडी फिर्ता गरेको नगर पालिका योजना शाखा प्रमुख साकिर अहमद शाहले बताए। अन्य एउटा गाडी उपमेयर सबनम खातुनले चढ्ने पनि छिट्टै फिर्ता हुने योजना शाखा प्रमुख शाहले जानकारी दिए। स्थानीय निर्वाचन २०७८ को आचारसंहिता लागेसंगै जनप्रतिनिधिहरुले लिने सेवासुविधामा रोक लाग्ने भएकाले स्थानीय तहका जनप्रतिनिधिले गाडी फिर्ता गरेका हुन्।

प्रकाशित: २५ चैत्र २०७८ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App