८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बझाङमा दाजुद्वारा १२ वर्षीया बालिका बलात्कृत

बझाङमा १२ वर्षीया बालिकालाई दाजुले बलत्कार गरेका छन्। आईतबार साँझ साढे ६ बजे गाईगोरु बाध्ने गोठमा लगेर १९ वर्षीय युवकले आफ्नै काकाको १२ वर्षीय छोरीलाई बलत्कार गरेको बझाङ प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर बिष्टले बताएका छन्। 

घर भन्दा करिब २० मिनेटको पैदल दुरीमा जंगलमा घाँस काट्न बालिका गएकि थिइन्। त्यहीँ गाई, भैसी वाध्ने गोठ रहेकाे थियो। मोबाईलमा फिल्म देखाएर ५ सय रुपैयाँ दिन्छु भने गोठमा लगेर बालिकालाई बलत्कार गरेको अनुसन्धानमा खुलेकाे बताए। बलत्कार गरेपछि बालिकालाई गोठमै छोडेर युवक भागेका थिए।

घर फर्केपछि बालिकाले बलत्कार गरेको कुरा आमालाई सुनाएकी थिइन्। आमाले सोमबार प्रहरीमा उजुरी दिईन्। प्रहरीले युवकलाई सोमबार पक्राउ गरेर अदालतबाट ८ दिनको म्याद थप गरेको छ। स्वास्थ्य परीक्षण पछि बालिकालाई महिला सुरक्षित गृहमा राखिएको उनले बताए।

प्रकाशित: ९ चैत्र २०७८ ०६:३८ बुधबार

बलत्कार