३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पुलबाट खसेर एक जनाको मृत्यु

फाइल तस्बिर

पुलबाट खसेर मोरङको जहदा गाउँपालिकाका एक जना पुरुषको मृत्यु भएको छ। शुक्रबार साँझ जहदा गाउँपालिका–४ स्थित लोहन्द्रा खोलाको पुलबाट खसेर सोही वडाका ३५ वर्षीय राजेश ऋषिदेवको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार विराटनगर–राम चोक पक्की सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ साइकलमा जाँदा पक्की पुल तर्ने क्रममा लडेर पौने ७ बजेतिर पुलबाट तल खसेका थिए।

पुलबाट तल खसेर घाइते भएका ऋषिदेवको राति पानै ८ बजेतिर उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको डिएसपी श्रेष्ठले बताए। ऋषिदेवले मदिरा सेवन गरेर खोला तर्ने क्रममा अनियन्त्रित भई पुलबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। साइकल पुलमै भेटिएको थियो।  

साइकल सीमा प्रहरी चौकी पोखरियाको नियन्त्रणमा छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको डिएसपी श्रेष्ठ बताए।

प्रकाशित: २९ माघ २०७८ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App