२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुस्त मनस्थितिकी बालिका बलात्कृत

गोरखाको माछाखोलामा सुस्तमनस्थितिकी बालिका बलात्कृत भएकी छिन्। ११ बर्षकी बालिका मंगलबार साँझ सवारी चालकबाट बलात्कृत भएकी पिडितका अभिभावकले बताएका छन्।  

चकलेट र पैसाको प्रलोभन देखाएर ललाइफकाइ बालिकालाई बलात्कार गरेको अभिभावकले जनाएका छन्। ‘खाना खाने बेलामा त्यो नानी पनि हराई, त्यो ड्राइभर पनि हरायो। हामीले खोजतलास गर्दा एकछिनपछि दुवै जना संगसंगै बाहिर निस्किए’, अभिभावकले भने, ‘बच्चाले अल्लि असजिलो ब्यबहार गरी। अनि कोठाभित्र लगेर सोधपुछ गर्दा बलात्कार भएको पाइयो।’

बुधबार बिहान मात्र अभिभावकले प्रहरीचौकी माछाखोलालाई खबर गरेका थिए। अभिभावकको निवेदन परेपछि चालक बूढानिलकण्ठ १३ कपन काठमाडौँका २७ बर्षका रितेश क्षेत्रीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाएको माछाखोला प्रहरी चौकीका असई रुद्र थापाले बताए।

बुधबार संपर्कमा आएकी पिडित बालिकाको मेडिकल चेकजाँच गरिएको र बिहिबार मुद्धा दर्ता गर्ने जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए।

प्रकाशित: २७ माघ २०७८ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App