१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दैलेखमा जिप दुर्घटना: १ जनाको मृत्यु, १० जना घाईते

भगवतीमाई गाउँपालिकाको मुकाम बेस्तडाबाट दैलेख बजार आउँदै गरेको लु२च ४८२९ नम्वरको बोलेरो जिप दैलेख सदरमुकाम नजिक बुधवार विहान लोहोरेमा दुर्घटना भएको छ।

जिप दुर्घटना हुँदा चालक भगवतीमाई गाउँपािलका घर भएका अन्दाजी २९ वर्षीय कृष्ण रोकायको मृत्यु भएको छ। दुई जना बच्चासहित १० जना घाईते भएका छन्। घाईतेहलाई जिल्ला अस्पताल दैलेखमा ल्याईएको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलमा चालकको मृत्यु भएको र अन्य घाईतेहरुलाई जिल्ला अस्पताल ल्याईएको दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए। घाईतेहरुको अवस्थाको बारेमा थप विवरण आएको छैन।

प्रकाशित: २१ पुस २०७८ ०५:२६ बुधबार

दैलेखमा जिप दुर्घटना १ जनाको मृत्यु १० जना घाईते