अन्तरजातीय विवाह गरेपछि वेपत्ता भएका हुम्लाका चन्द्रे कामी बुधबार बिहान फेला परेका छन्। आज बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ स्थित याग्ङ्चु बजारमा उनी भेटिएका हुन्।
चन्द्रेले मल्ल थरकी किशोरीसँग भागी विवाह गरेका थिए। किशोरीको माइती पक्षले चन्द्रेलाई निर्घात रूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेको दावी गरिएको छ। सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रेले मुगु सोरु गाउँपालिका–४ को लिप्रु गाउँकी १९ वर्षीया मल्लसँग अन्तरजातीय विवाह गरेका थिए।
हुम्लाको सर्केगाड गाउँपालिकाका चन्द्रले मुगुको सोरुकी रमिला मल्ललाई भगाएपछि मंसिर २९ गते माइती पक्षका युवाहरुले घरबाटै राति लिएर गएका थिए। त्यस दिनदेखि चन्द्रे सम्पर्कविहीन थिए। रमिला र उनका बुबालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: ७ पुस २०७८ ०६:१८ बुधबार