१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

उद्घाटन सत्रमा हातपात गरिएको बारे विश्व हिन्दु महासंघद्वारा खेद प्रकट

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको विधान अनुसार प्रत्येक पाँच वर्षमा गरिने महासम्मेलनको उद्घाटन सत्रमा महासंघको अध्यक्षको उम्मेदवारका प्रत्यासी किशोर गौतमका पक्षधरहरूले प्रमुख अतिथिमाथि नै हातपात गर्ने प्रयास गरेको घटनाप्रति विश्व हिन्दु महासंघ खेद प्रकट गरेको जनाएको छ। 

अध्यक्षका उम्मेदवार रहेका किशोर कुमार गौतमले महासभाका सदस्य नभएका व्यक्तिलाई महासभा हलमा प्रवेश गराउनुका साथै निर्वाचन समितिको कार्यकक्षमा निर्वाचन समिति संयोजक एवं सदस्यहरूलाई अमार्यादित एवं अशिष्ट शब्दहरू प्रयोग गरी धम्क्याउने कार्य गरेकाले निर्वाचन समेत स्थगित गर्नु परेको थियो।  

महासंघको अध्यक्षको उम्मेदवारलाई प्रस्तावक र समर्थक मध्ये विदेशको एउटा च्याप्टरले समर्थन गर्नु पर्ने हुन्छ। सो क्रममा भारत च्याप्टरको तर्फबाट गोरक्ष पीठाधीश्वर, भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत अस्मिता भण्डारीलाई समर्थन दिएका थिए। भारत च्याप्टरले आफ्नो समर्थन अस्मिता भण्डारीलाई दिएको विषयमा अपत्ति जनाउदैं महासम्मेलनको उद्घाटन सत्रमा अध्यक्षका अर्का प्रत्यासी किशोर गौतमले हातपात गरेका थिए।  

महासभा पुनः सञ्चालन भई बृहत् छलफलपछि महासचिवको कार्यकाल सफलतापूर्वक सञ्चालन गरेको कारण अस्मिता भण्डारीलाई नै अर्को व्यवस्था नभएसम्म महासभाबाट सर्वसम्मतिले कार्यवहाक अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ। मंसिर २५ गते सम्पन्न महासभामा चारै सम्प्रदायका धर्मगुरुहरू, विश्व हिन्दु महासंघका सहभागी च्याप्टरहरू, महासंघमा आवद्ध संघसंस्थाका प्रतिनिधिहरूलाई महासम्मेलन र महासभालाई सफलतापूर्वक सम्पन्न गराउन सहभागि भएकाले महासंघकी कार्यवहाक अध्यक्ष अस्मिता भण्डारीले प्रेस विज्ञप्ती मार्फत् धन्यवाद ज्ञापन गरेकी छन्।  

प्रकाशित: २८ मंसिर २०७८ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App