५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

टौमढीमा रेविजविरुद्ध निःशुल्क खोप

भक्तपुरको टौमढीमा बुधबार रेविजविरुद्ध निःशुल्क खोप दिइएको छ। भक्तपुर नगरपालिका वडा नं ५ को पाँंचतल्ले मन्दिर परिसरमा रहेका भुस्याहा तथा घर पालुवा कुकुरहरुलाई खोप दिइएको छ।  

विश्व रेविज दिवस २०७८ को अवसरमा भक्तपुर नगरपालिकाले खोप कार्यक्रम सुरु गरेको हो। प्राणघाटक रेविज रोगलाई बुझौ, आआफनो घरपालुवा कुकुर, विरालोलाई रेविजविरुद्ध खोप लगाऔं र यसलाई परास्त गरौ भन्ने नाराका साथ यो वर्ष देशैभरि रेविज दिवस मनाइँंदै छ।  

रेविज तथ्य बुझौ, त्रसित नहोऔं नारा पनि सरकारको छ। गतवर्ष पनि नगरपालिकाले यसरी नै नगरभित्रका कुकुरहरुलाई निःशुल्क खोप दिएको थियो। 

प्रकाशित: १३ आश्विन २०७८ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App