४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

संकटहरुको पिरामिडको टुप्पोमा ‘जलवायु परिवर्तन’

स्कटल्याण्डको ग्लास्गोमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि पक्ष राष्ट्रहरुको २६ औं सम्मेलनको तयारी र जलवायु परिवर्तनको नेपालको अवस्थाबारे नेपाल वातावरण पत्रकार समुह (नेफेज)ले मंगलबार मुलुकका प्रमुख संचारमाध्यमका सम्पादकहरुसँग अन्तरक्रिया गरेको छ।

कार्यक्रममा मुलुकका प्रमुख छापा माध्यम, अनलाईन र टेलिभिजनका गरी करिब २० जना सम्पादकहरु सहभागी थिए। कार्यक्रममा नेपाली टाइम्सका प्रधान सम्पादक कुन्द दिक्षित, वातावरणवीद भुषण तुलाधर र वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकी प्रमुख डा राधा वाग्ले प्लानलिष्टमा थिए।

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष कसमस विश्वकर्माले कार्यक्रममा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेकी थिइन्। प्यानलिष्ट भुषण तुलाधरले जलवायु परिवर्तनका कारण पछिल्ला बर्षहरुमा ठूलठूला घटनाहरु भइरहेको र यी घटनाहरुलाई सम्बोधन गर्न ढिलो भइसकेको बताए। जलवायु परिवर्तनले आमनागरिकको जीवन संकटमा पर्दै गएको र यो मुद्दालाई संचारमाध्यमहरुले अझ प्रभावकारी रुपमा उठाउनुपर्ने सुझाव दिए।

अर्का प्यानलिष्ट कुन्द दिक्षितले जलवायु परिवर्तन राजनीतिक मुद्दा भएको र यो आम नागरिकको जन–जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको बताउँदै जलवायु परिवर्तनले देशको अर्थतन्त्र, पानीको स्रोत, मानविय स्वास्थ्यलगायतका क्षेत्रमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गरे।  

अर्की प्यानलिष्ट डा राधा वाग्लेले यस पटकको पक्ष राष्ट्रहरुको सम्मेलनमा नेपालले प्रभावकारी उपस्थित जनाउने गरी तयारी गरिरहेको जानकारी दिइन्। ‘हामीले त्यहाँ उठाउने बिषयहरुबारे राष्ट्रिय धारणा बनाउन १० वटा थिमेटिक कमिटी बनाएका छौं। कमिटीले आ–आफ्नो सुझाव दिएपछि त्यसको आधारमा राष्ट्रिय दस्तावेज तयार गरेर हामी सम्मेलनमा भाग लिन जानेछौं’, उनले भनिन्।

डा वाग्लेले हाम्रा हिमालहरुमा जलवायु परिवर्तनले पारेको प्रभाव र त्यसले आम नागरिकको तहमा निम्त्याइरहेको र संभावित संकटलाई प्रमुख मुद्दाका रुपमा उठाउने जानकारी दिइन्।  कार्यक्रममा जलवायु परिवर्तन महाशाखाका उपसचिव डा अरुणप्रकाश भट्टले जलवायु परिवर्तनबाट सिर्जित समस्या सम्बोधन गर्न नेपालले अनुकुलन र नियमनका क्षेत्रमा धेरै राम्रा कामहरु गरेको उल्लेख गरे। उनले यस मुद्दालाई सम्बोधन गर्न अहिलेसम्म आवश्यक रणनीति, नीतिहरु बनाइसकिएको जानकारी दिए।  

यो कार्यक्रम नेपाल सरकार, वन तथा वतावरण मन्त्रालयका लागि अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट (ओपीएम) र पोलिसी एण्ड इन्सिच्यूसन फ्यासिलिटी (पिफ)को सहयोगमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको हो।

प्रकाशित: १२ आश्विन २०७८ १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App