८ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

६ दिनदेखि हराएका बालक मृत फेला

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० -जोगिमाराका एक बालक मृत भेटिएका छन्। हिरालाल चेपाङको छोरा १२ वर्षीय सुरज चेपाङ मृत अवस्थामा फेला परेका हुन्। 

राष्ट्रिय मा.वि.मा कक्षा ३ मा अध्यनरत सुरज घरमा सामान्य विवादपछि ६ दिनदेखि हराइरहेका थिए। गाउँ भन्दा केही तल जवाङखोलाको चुनढुङ्गा खानी हाताभित्र  कुहिइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमको लागि गजुरी ल्याइएको बताइएको छ। भदौ १७ गतेदेखि हराएका सुरजको खोजी गर्ने क्रममा  फेला परेको हो। 

प्रकाशित: २३ भाद्र २०७८ ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App