२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पतिको कुटपिटबाट पत्नीको मृत्यु

कास्कीमा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ बाँझाखेतका ६५ वर्षीय श्रीलाल कामीको कुटपिटबाट उनकी ५५ वर्षीया पत्नी श्रीमाया कामीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गरेका श्रीलालले सोमबार राती श्रीमती श्रीमायालाई मसला पिन्ने सिलौटाको लोहोरोले टाउकोमा हानेका थिए। कुटपिटबाट घाईते श्रीमायाको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उद्धार गरी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीले मृतकलाई कुटपिट गर्ने उनका श्रीमान श्रीलाललाई घरबाटै पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी हमालले जानकारी दिए।

प्रकाशित: २६ श्रावण २०७८ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App