१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सशस्त्र प्रहरी महानिरीक्षकद्वारा १५ अधिकृतलाई दर्ज्यायनी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका १५ जना अधिकृतहरुलाई दर्ज्यायनी चिन्ह प्रदान गरिएको छ।  

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक समारोहमा सशस्त्र प्रहरी उपरीक्षक पदको दर्ज्यायनी चिन्ह प्रदान गरिएको हो।  नेपाल सरकार गृहसचिवस्तरको यही साउन १७ गतेको निर्णयले १५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका हुन्।  

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको उल्लेख गर्दै प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा संगठनमा रहेर शान्ति सुरक्षा कायम राख्ने कार्यमा उनीहरुले पुर्‍याएको योगदानकासाथै प्रदर्शन गरेको व्यवसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गरे ।

उनले बढुवा भएका अधिकृतहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको जिम्मेवारी तथा उत्तरदायित्व पूर्णव्यवसायिक भई सम्पादन गर्न निर्देशन दिए।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको माध्यमबाट विकासको वातावरण निर्माणमा समेत योगदान पुग्ने उल्लेख गर्दै  राष्ट्र सेवक सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्रको सुरक्षा, जनताको सेवा, विपद् पीडित नागरिकको उद्वार लगायतका राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा अहोरात्र कृयाशिल रहँदै निरन्तर योगदान पुर्‍याई रहेको बताए।

प्रकाशित: १८ श्रावण २०७८ ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App