२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

१५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

६ वर्षदेखि आफ्नै छोरीलाई यौन दुव्र्यवहार गर्दै आएका एक जना पुरुष पक्राउ परेका छन् । १५ वर्षीया छोरीलाई बलात्कार तथा यौन दुव्र्यवहार गर्ने खजुरा गाउँपालिका–२ के गाउँका ४२ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

मादक पदार्थ सेवन गरेर ती पुरुषले छोरीलाई नियमित यौन दुव्र्यवहार गर्ने गरेको प्रहरीले जनाएको छ । ‘पटकपटक यौन  दुव्र्यवहार गर्दै आइरहेको रहेछ,’ इलाका प्रहरी कार्यालय खजुरा धनौलीका प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले भने, ‘सहन नसकेर कुरा बाहिर आयो ।’ बाबुले आफूलाई जर्बजस्ती बलात्कार गरेको बालिकाले आमालाई जानकारी गराएकी थिइन् । छोरीलाई यौन दुव्र्यवहार गर्ने थाहा पाएपछि बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन् ।

सोही उजुरीको आधारमा प्रहरीले छोरी बलात्कार तथा यौन दुव्र्यवहार गर्ने बाबुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले ति बाबुको नाम भने गोप्य राखेको छ । बाहिर कसैले भनेमा लाज हुने र अन्य विभिन्नखालका धम्कीहरु दिँदै बालिकालाई ति पुरुषले बलात्कार गर्ने गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

प्रकाशित: २३ असार २०७८ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App