२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

१५० किलाे गाँजासहित दुई जना पक्राउ

गाँजासहित पक्राउ परेकालाईं सार्वजनिक गर्दै प्रहरी । तस्बिर : नागरिक

सप्तकोशीको पूर्वी तटबन्ध सुनसरी बराहक्षेत्रबाट दक्षिणतर्फ लग्दै गर्दा प्रहरीले एक सय ५० केजी गाँजासहित दुई जनालाईं पक्राउ गरेको छ।  

मंगलबार बिहान १ बजे बराहक्षेत्र नगरपालिका वडा नं. ८ शुक्रबारे चोक चतराबाट सप्तकोशीको पूर्वी तटबन्ध हुँदै प्रकाशपुरतर्फ जाँदै गरेको प्रहरीले को २ च ११२ नम्बरको मारुती भेनबाट पाँचवटा बोरा गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरी वराहक्षेत्र वडा नं. ६ चक्रघट्टीका २३ वर्षे भुपेन राय र रामधुनी वडा नं. ७ का २५ वर्षे अमिर लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो।

प्रहरीले थान नक्कली पेस्तोल जस्तो देखिने वस्तु र को २ प ३५०२ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ। रातिको समयमा एक्कासी प्रहरीको चेकिङ् देखेपछि मारुती भ्यानमा र मोटरसाईकलमा रहेका मानिस भागेका थिए। प्रहरीले पिछा गर्दै दुई जनालाई नियन्त्रणमा लिन सफल भएपनि अन्य भने भागेको जानकारी दिइयो।

पक्राउ परेका दुवै जनाविरूद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कारबाही प्रक्रिया अगाडि बढाई आवश्यक अनुसन्धान थालिएको छ।

विशेषगरी, कोरोना महामारीका बेला कोशीको पूर्वी तटबन्ध भएर लागूऔषध कारोबार हुने गरेको पाइएको छ। अघिल्लो वर्ष र कोरोना लहर दोस्रो लहरका बेला बढी मात्रमा कोशीको पूर्वी तटबन्धको रुट भएर भारतबाट लागूऔषध भित्रिने र नेपालबाट भारततर्फ गाँजा लाने गरेको प्रहरीको रेकर्डमा उल्लेख छ। कोशीको तटीय क्षेत्रको रुटमामर्फत २०७२ सालमा संयुक्त मधेसी मोर्चाले तराई–मधेसमा जारी राखेको झन्डै छ महिने आन्दोलनको बेला भारतबाट लागूऔषध भित्रिएको थियो।  

लागूऔषध प्रयोगकर्ताको हिसावले काठमाडौंपछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। सुनसरीमा ६२ किलोमिटर खुल्ला सीमावर्ती क्षेत्रबाट पनि लागूऔषध नेपाल भित्र्याउन सहजै छ।

प्रकाशित: २२ असार २०७८ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App