६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

धनकुटामा बढ्दै संक्रमित संख्याः ८४ जनामा कोरोना पुष्टि

धनकुटामा दोस्रो चरणको कोरोना भाइरसबाट संक्रमित हुने संख्या तीव्र रुपमा बढ्न थालेको छ। धनकुटा अस्पतालको ल्यावमा मंगलबार गरिएको परीक्षणका क्रममा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाइँले बताए। जसमध्ये ५० पुरुष र ३४ जना महिला रहेका छन्। यस्तै, चौविसे गाउँपालिकामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

त्यसैगरी छरथर जोरपाटीमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी महालक्ष्मी नगरपालिकामा १८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।

यस्तै, धनकुटा नगरपालिकामा १२ जनामा संक्रमण पुष्टि भएको छ। पाख्रिबास नगरपालिकामा ५ जना र साँगुरीगढी गाउँपालिकामा १ जना कोरोना पुष्टि भएको छ।

प्रकाशित: ५ जेष्ठ २०७८ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App