२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भेरी अस्पताल र मेडिकल कलेजमा आज थप तीनको मृत्यु

भेरी अस्पतालमा आइतबार मृतकको शव ब्यवस्थापन गरिँदै । तस्बिर सौजन्य : बिमल चन्द

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका थप तीन जना संक्रमितको आइतबार मृत्यु भएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा २ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको हो।  

कोहलपुर–११ बाँकेका २४ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख १५ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो। त्यसपछि उनी वैशाख १७ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए।  

राप्तीसोनारी–२ बाँकेका ७७ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै मृत्यु भएको छ। उपचारका क्रममा उनको आइतबार बिहान ११ बजेर १० मिनेटमा मृत्यु भएको हो। यही वैशाख २४ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन अस्पतालमा भर्ना भएका थिए।  

बढैयाताल–१ बर्दियाकी ९२ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। उपचारका क्रममा उनको आइतबार बिहान ११ बजेर ३० मिनेटमा मृत्यु भएको हो। भेरी अस्पतालमा शनिबार पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि आइतबार भर्ना भएकी थिइन्। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८२ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका १ सय ३७ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ।

प्रकाशित: २६ वैशाख २०७८ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App