१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

अधिनायकवादी शासकद्वारा प्रेस स्वतन्त्रता दबाउने प्रयास

इन्टरनेसनल प्रेस इन्सिच्युट (आइपिआई)ले अधिनायकवादी र अनुदार शासकहरूले प्रेस स्वतन्त्रतालाई दबाउन खोजेको आरोप लगाएको छ। आइपिआइले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ को पूर्वसन्ध्यानमा यस्तो बताएको हो। प्रेस माथिका क्रुर निषेध विश्वभर खुल्ला रूपमा देखिन थालेको आइपिआइले जनाएको छ। 

उक्त संस्थाले एक रिपोर्ट सार्वजनिक गर्दै म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि ७० जना पत्रकारहरू गिरफ्तार भएको र स्वतन्त्र मिडिया हाउसका अनुमतिपत्रहरू खारेज गरिदिएको र पटकपटक इन्टरनेटमाथि बन्देज लगाएको जनाएको छ। त्यस्तै बेलारुस र चीनमा पनि त्यहाँका सरकारले निरन्तर मिडियामाथि आक्रमण गरिरहेको रिपोर्टमा उल्लेख गरिएको छ। 

सरकारले कोरोना महामारीको कारण देखाउँदै जनस्वास्थ्य संकटबारेमा रिपोर्टिङमा रोक लगाएको रिपोर्टमा उल्लेख गरिएको छङमा रोक लगाएको रिपोर्टमा उल्लेख गरिएको छ। सरकारी निकायहरूले सूचनाको पहुँचमा रोक लगाउने, कोरोना भाइरसको समाचार संकलन गरेका आधारमा पत्रकारलाई पक्राउ गर्ने तथा कानुनको सहायतामा आलोचनामा रोक लगाउने गरेको रिपोर्टमा उल्लेख गरिएको छ। 

प्रकाशित: २० वैशाख २०७८ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App