३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

पैसा झिक्न खोज्दा बैंकबाट ८ लाख गायव

राष्ट्रिय बाणिज्य बैंक दुल्लु शाखामा जब पैसा झिक्न दुल्लुनगरपालिका–८ का भवानीप्रसाद आचार्य पुगे अनि, दंग परे । खातामा राखिएको ८ लाख रकम खातामै थिएन । अनि सोधीखोजी गर्दा बैंककै कर्मचारीबाट बदमासी भएको फेला पारे । स्थानीय कर्मचारीबाट पैसा गायव पारिएको रहस्य थाहा पाए । बैंकमा रकम सुरक्षित होस भनेर राखिएको थियो त्यही बैंकबाट कर्मचारीले आफूखुसी चेकविनै पैसा झिकेपछि यति बेला पीडित आचार्य न्यायको लागि भौतारिएका छन् ।  

बैंकका कार्यरक्त कर्मचारी जयबहादुर थापाले खाताबाट ८ लाख रकम झिकेको खुलेको छ । अहिले ती कर्मचारी विदामा छन् । मोवाईल समेत अफ छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा पीडित आचार्यले आफ्नो खातामा ८ लाख रकम बैंकका कर्मचारी जयबहादुर थापाले झिकेको मौखिक उजुरी दिएका छन् । फागुन १२ गते बैंकबाट आचार्यको पैसा झिकेको देखिएको छ । बैंकका कर्मचारी दुल्लुनगरपालिका ५ र खातावाला आचार्य ८ नम्वर वडाका स्थानीय हुन् ।  

राष्ट्रिय बाणिज्य बैंक दुल्लुका शाखा प्रबन्धक कृष्णप्रसाद उपाध्यायले खातावाला र कर्मचारीविच पहिला चेक नहुँदा मौखिक सहमति भएर रकम झिकेको आंशका गरे । उनले दुई जनाबीच चिनजानले सापटी लिएको हुनसक्ने बताए । बैंकबाट पनि अनुसन्धान भईरहेको छ । उजुरी आइनसकेको तर, पीडितले मौखित जानकारी गराएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवत्ता ईन्द्रजीत सुनारले बताए । तत्काल बैंकका कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याईने प्रहरीको भनाइ छ । 

आरोपित बैंक कर्मचारीको मोवाईल अफ हुनुका साथै विदामा बसेको बैंकले जनाएको छ । पीडित आचार्यले बैंकबाट पैसा हराएको निवेदन राष्ट्रिय बाणिज्य बैंक दुल्लु शाखालाई दिएका थिए । दुल्लु शाखाले केन्द्रमा निवेदन छानविनका लागि पठाएको जनाएको ।

प्रकाशित: १५ वैशाख २०७८ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App