६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

वीरगन्जमा दुई दिनमा ५ जना संक्रमितको मृत्यु

वीरगन्जको नारायणी अस्पताल । तस्बिरः रितेश त्रिपाठी

वीरगन्जमामा कोरोना भाइरसबाट संक्रमित ५ जनाको दुई दिनभित्र मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना पर्साका र एक जना बाराका छन्। मंगलबार बिहान पौने १२ बजेमा बाराको परवानीपुर गाउँपालिका बस्ने ४५ वर्षीय पुरुषको मृत्यु भएसंगै २ दिनमा मृत्यु हुनेको संख्या ५ पुगेको हो।  

गत चैत ३० गते कोरोना संक्रमण पुष्टी भएपछि होम आइसोलेसनमा रहेका ४५ वर्षीय पुरुष स्वास्थ्य स्थिति बिग्रिएपछि गत ५ गते उनलाई नारायणी अस्पतालमा ल्याईएको थियो। मंगलबार बिहान पौने १२ बजे उनको उपचारकै क्रममा मृत्यु भएको हो। कोभिड निमोनियाले ग्रसित उनको स्वासमा भएको समस्याको कारण मृत्यु भएको अस्पतालका कोभिड–१९ संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए। यसअघि मंगलबार नै बिहान ३ बजे मात्र एकजना संक्रमित महिलाको मृत्यु भएको थियो। वीरगन्ज वडा नम्बर २५ घर भएकी ६५ वर्षिया महिलाको स्वास्थ्य बिग्रिएपछि सोमबार नै उनको एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। सोमबारै भर्ना भएकी महिलाको स्वास प्रस्वासमा कठिनाई बढ्दै गई बिहानै मृत्यु भएको हो।  

एक दिन अगाडि अर्थात् सोमबार साँझ आधा घण्टाभित्रै एक पुरुष र एक महिला गरी २ जना संक्रमितको बेग्ला बेग्लै अस्पतालमा मृत्यु भएको थियो। पर्साकै बहदुरमाई नगरपालिका, ७ घर भएकी ४५ वर्षीया महिलाको सोमबार साँझ ६ बजे मृत्यु भएको थियो। जिल्ला प्रशासन कार्यालय पर्साका प्रसाशकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार स्वास्थ्यमा समस्या भई आइतबार अस्पताल भर्ना भएकी उनको एन्टिजेन बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो। साँझ ६ बजे मृत्यु हुन गयो। पौने ६ बजेतिर वीरगन्ज महानगरपालिका वडा नम्बर ८ आदर्शनगर पानीट्यांकी निवासी ३८ वर्षीया महिलाको नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। बैशाख १० गते गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो। सोमबार मात्र दिउँसो १२ बजेर १५ मिनेटमा उनी उपचारका लागि अस्पताल भर्ना थिइन्।  

कोभिड निमोनियाबाट ग्रसित ति महिलाको श्वासप्रश्वासमा पनि समस्या बढेको र उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको नारायणी वयोद्या अस्पतालका प्रशासन प्रमुख शत्रुधनप्रसाद कुर्मी उर्फले जानकारी दिए। त्यसतै नारायणी अस्पतालमा उपचाररत एक जना ६० वर्षीय पुरुषको सोमबार बिहान ११ बजे मृत्यु भएको थियो। निमोनियाको लक्षणबाट ग्रसित ती ब्यक्तिमा वैशाख २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। अर्को दिन बैशाख ३ मा उनलाई नारायणी अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनको सोमबार करिब साढे ९ बजे उनको मृत्यु भएको अस्पतालका कोभिड–१९ कोर्डिनेटर डाक्टर दासले जानकारी दिएका छन्। 

कोरोनाको दोसो लहर सुरु भएको भनिएको अवधिमा अर्थात चैतयता कोरोना संक्रमणका कारण वीरगन्जमा बिभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या १६ पुगेको छ। यसमा १२ जना पर्साका छन्। मृतक १६ जनामध्ये अरु ३ बारा जिल्लाका र एक जना सर्लाहीका हुन्। जिल्ला प्रसाशन कार्यालय पर्साले बढ्दो संक्रमणलाई मध्यनजर गर्दै बैशाख १६ अर्थात् आउँदो बिहीबार साँझ ४ बजेदेखि एक हप्ताको लकडाउन घोषणा गरेको छ।

प्रकाशित: १४ वैशाख २०७८ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App