काठमाडौं जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।
कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि यसको रोकथाम र नियन्त्रणका लागि सो आदेश जारी गरिएको हो। संक्रमण नियन्त्रणका लागि आगामी बिहीबारदेखि काठमाडौं जिल्लाभित्र सवारी साधन आवतजावतमा पनि रोक लगाइएको छ।
सो आदेशमा के खोल्ने र के नखोल्ने भन्ने मापदण्ड पनि बनाइएकाे छ।
प्रकाशित: १३ वैशाख २०७८ १३:३३ सोमबार