१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

रोकिएन पाटे बाघको आक्रमणः निर्दोष बाघ खोरमा, नरभक्षी बाघ खुलेआम

बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरका ३५ वर्षीय चुलाराम थारुलाई सोमबार बिहान पाटे बाघले आक्रमण गर्‍यो। बाघको आक्रमणबाट थारुको गर्दन, टाउँको र ढाडमा गम्भीर चोट लागेको छ। 

यस्तै गरि असार यता खाता जैबिक मार्गमा पर्ने एउटा वडाको (५), मध्यवर्ती क्षेत्रका (३), निकुन्जभित्र राजमार्गमा (१)को गरि ६ महिनामा नौ जनालाई पाटे बाघले मारेको छ। लगातार घटना घट्दा समेत निकुन्ज प्रशासन र मातहतका संस्थाको लापरबाहीले बाघ र मानिस दुबै असुरक्षित भएको पुष्टि गरेको छ। तीन महिनाअघिदेखि मान्छे खाने बाघ नियन्त्रण लिन दौड भाग गरिरहेको निकुन्ज बिभागको प्रगति शून्य बराबरको भएको पुष्टि भएको छ।  

गेरुवा मध्यवर्ती क्षेत्रमा दुई वटा र खाता जैविक मार्गमा एउटा बाघ राष्ट्रिय प्राकृतिक संरक्षण कोष र बर्दिया निकुन्जको टोलीले नियन्त्रणमा लिएको छ। तर जहाँ जहाँ बाट मान्छे खाने बाघ भनेर नियन्त्रण्मा लिएपनि बाघले मान्छे माथि आक्रमणको प्रयास जारी राखेको छ। यसअघि गेरुवाबाट निकुन्ज प्रशासनले नियन्त्रण लिएको एक सातापछि पहिला आक्रमण गरेको ठाउँमै अर्केलाई आक्रमण गरेको थियो। यसबाट के पुष्टि हुन्छ भने निकुन्जले नियन्त्रणमा लिएको सामान्य बाघ रहेको घटनाले पुष्टि गर्छ।  

उक्त क्षेत्रमा नरभक्षी बाघले मान्छेमाथि आक्रमण जारी रहेको स्थानीय दाबी गर्छन्। यस्तै, गेरुवा दंगपुरबाट प्रशासन नियन्त्रणमा लिएको बाघ नरभक्षी बाघ नभएकोेले मानिस माथि आक्रमणका दोहोरिएपछि पुष्टि हुन्छ। बाघ विज्ञका अनुसार बुढो, अशक्त, घाइते बाघले मात्र मानिस अथवा घरपालुवा जनावर मारे दाबी गर्छन्। सक्षम बाघले जंगलभित्र सिकार गर्छ। आफ्नो हाताभित्र बाघले छाड्दैन। एक साताअघि जैविक मार्ग क्षेत्रबाट लिएको बाघ पनि जवान भएको पुष्टि भएको छ। उक्त बाघ फलामे डन्डी बङगाएर भाग्न सफल भएपछि विज्ञले भने अनुसार मानिसलाई आक्रमण नगर्ने बाघ प्राबिधिक टोलीले नियन्त्रणमा लिएको पुष्टि गर्छन्। जुन बाघ यसै साता बाँके राष्ट्रिय निकुन्जमा खोरबाट भागेको थियो।  

यस्तै दुई महिनाअघि राजमार्गमा मोटरसाईकलमा सवार महिलालाई झम्टेर लगेको शव घटनास्थलदेखि दुई सय मिटरको दूरीमा शव फेला पर्‍यो। बाघलाई आक्रमण गरेको घटनास्थलमा कैद गरिएको बाघको तस्बिर सामाजिक संजालमा भाईरल भएकोे बाघ बुढो देखिन्छ।

तर, राष्ट्रिय प्राकृति संरक्षण कोषका प्रमुख रबिन कडरिया र बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठको नेतृत्वको प्राबिधिक टोलीले गतिबिधि नियाल्न भन्दै ५ वर्षको बच्चा पोथी बाघलाई नियन्त्रणमा लिएर रेडियो कलर जोडिएको घटनालाई निकुन्ज विभागलाई संरक्षणकर्मीले आँखामा छारो हाल्ने काम गरेको संज्ञा दिएका छन्। बाघ र मानिसको दुबै संरक्षण जरुरी भएको औलाउँदै पछिल्लो समय जुन पायो त्यहि बाघलाई नियन्त्रण लिनु संरक्षण बिपरीत काम भईरहेको सामुदायिक वन उपभोक्ताका सचिवालय सदस्य महोम्मद कर खाँले बताए। ‘संरक्षणको विषयमा त्रुटि गर्दा ठूलो मूल्य चुकाउनु परेको छ,’ उनले भने,‘अब मानिस र बाघ दुबैलाई जोखिम छ।’

२० वर्षअघि करिडोर बनाएको क्षेत्र बनाउँदा अवैज्ञानिक भएको खाँ ले दाबी गरे। ‘नरभक्षी बाघका कारण एउटै वडा ५ जनाको अकालमा ज्यान गयो’ उनी भन्छन्, ‘बाघ, हात्ती र गैडा आवागमन गर्ने मार्ग ७ सय मिटर सम्भव छ, जस्तो लाटो सोझाको दिमागले पनि भेट्छ।’

उनका अनुसार संरक्षणको नाममा जथाभावी गर्दा वन्यजन्तु संरक्षण निकट भविष्य कागजमा सीमित हुन्छ। उता, वन डिभिजन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेसँग पीडित गाउँलेसँग समन्वय नगरी तारबार गर्न भन्दै जबर्जस्ती गर्दा स्थानीय आक्रोषित छन्। वाग्लेको बेवास्ताका कारण एउटै वडा पाँच जना ज्यान गएको स्थानीय बताउँछन्।

'बिहान उठ्दा घरअघि बाघका पाईला देखिन्छन्, कागती लगाउन वन कार्यालयले दबाब दिन्छ’ आक्रोषित स्थानीय रुपा खनालले भनिन्, ‘गाउँलाई घेरेर तारबार गर्दा बाघ बाहिर जान नपाए झुप्रा घर भत्काएर एकै रातमा गाउँलेलाई सखाप पार्छ।' खनालको आफन्त भदै विशाल वलीलाई भदौमा पाटे बाघले खाएको थियो।  

आजभोली बर्दिया र बाघ पर्यावाची शब्द बनेको छ। बर्दिया भन्ने बित्तिकै बाघसंग जोखिम क्षेत्र भनेर परिचित छ।

सन् २०१८ को गणना अनुसार बर्दियामा बाघको संख्या ८७ पुगेको छ। त्यसको दश वर्ष अगाडीको कुरा गर्दा यो संख्या १८ मात्र थियो। यसरी तीव्र  गतिमा बाघ र मानिस दुबैको जिवन असुरक्षित बन्दै गएकोमा संरक्षणकर्मी चिन्तित छन्। दिनदहाडै बाघ हुलाकी सडक आसपास डुल्ने गरेको देखिएको छ। हचुवाको भरमा बाघ समात्दै जाने हो भने बाघको संरक्षण कसरी होला? निकुन्ज प्रशासनसँग स्थानीयले प्रश्न गर्छन्।

तर यतिबेला पोथी बाघ समातेर डियो कलर जडान गरिएको छ। बाघ जस्तो संबेदनशिल वन्यजन्तु समाउनका लागि न त वन मन्त्रालयका प्रतिनिधि छन्, न निकुञ्ज विभागका प्रतिनिधि छन्, न बाघ विज्ञ नै कोही छन्। फिल्डमा खटिएका कर्मचारीले बिना गहन अध्ययन बाघ देख्यो कि बेहोश पार्ने र समाउने प्रबृति नकारात्मक भएको टिप्पणी भईरहेको छ। पाँच वर्षे पोथी बाघमा रेडियो कलर जोडिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले पुष्टि गरे।

प्रकाशित: १६ चैत्र २०७७ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App