२१ पुस २०८१ आइतबार
image/svg+xml
समाज

भारतबाट नेपाललाई आउनेलाई सीमा नाकामा कडाई

पछिल्लो समय भारतमा कोरोना महामारी बढेपछि नेपालमा पनि नयाँ संक्रमित भेटिन थालेका छन् । सुनसरीमा मात्र पछिल्लो साता ११ जना कोरोना संक्रमित भेटिइ सकेका छन् । जसले गर्दा भारतबाट नेपाल आउनेलाई सीमा क्षेत्रमा कडाई गर्न थालिएको छ ।

सुनसरीको बर्जु, देवानगञ्ज, हरिनगर र कोशी गाउँपालिका खुल्ला रुपमा भारतसँग सीमा जोडिएको क्षेत्रमा पर्छ । यी क्षेत्रमा भारतबाट नेपाललाई सीमा स्थलमा चेकजाँच गर्न थालिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनायो ।

सरकारी नियमनकारी निकायले सीमा नाकामा आवाताजावत गर्दा कोरोनाको खतरा भएको भन्दै उच्च स्वास्थ्य सुरक्षा अपनाउन निर्देशन दिएको छ । जसले गर्दा सुनसरीको कोशी गाउँपालिकाको भन्टाबारी नाकामा स्वास्थ्यकर्मीको टोली राखेर चेकजाँच गर्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी मेहषकुमार पोखरेलले बताए ।  

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंका अनुसार, भण्टाबारीबाहेक अन्य स्थानमा पनि दुई दिन पछिबाट भारतबाट नेपाल आउनेलाई चेकजाँच गर्न थाल्ने बताए ।  

गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई कोरोना महामारी जुनसुकै बेला हुन सक्ने भन्दै पूर्वतयारीमा लाग्न चैत ११ गते नै परिपत्र गरिसकेको छ । यसका साथै सम्बन्धित जिल्लामा क्वारेन्टाइन र आइसोलेसन पनि अद्यावधिक गर्न सरकारले निर्देशन गरिसकेको छ । सुनसरीमा ६५ किलोमिटर खुल्ला सिमाना पर्छ ।

प्रकाशित: १५ चैत्र २०७७ १३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App