५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट आज दिउँसो एक महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका–३ कि २८ वर्षिय रेनुका सुनारको बाघको आक्रमणबाट मृत्यु भएको हो। मधुवन नगरपालिका—३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको बिचबाट दिउँसो १ बजेर ५० मिनेटको समयमा घाँस काट्न जाँदै गरेको अवस्थामा पाटे बाघले भम्टेर लगेको हो। महिलालाई बाघले झम्टेर लगेको जानकारी पाउनसाथ प्रहरीले खोजतलास गर्दा दुवै सामुदायिक बनको सिमानामा मृत अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए। मध्यवर्ती क्षेत्रमा बाघको आतंक बढ्दै गएको छ।  

अघिल्लो साता राजापुर नगरपालिका कालाबन्जरका ६५ वर्षिय लालबहादुर थारुलाई भैंसी चराउन गएको बेला बाघले झम्टेर बेपत्ता पारेको थियो। बेपत्ता थारुको शवको कम्मरदेखि तलको भाग खाईसकेको अवस्थामा फेला परेको थियो। त्यसैगरी गत पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाईकलमा सवार कैलालीकी एक महिलाको झम्टेर बाघले ज्यान लिएको थियो। यस आर्थिक वर्षमा आठ जनामानिसको बाघ आक्रमणबाट मृत्यु भईसकेको छ।

 

प्रकाशित: २६ फाल्गुन २०७७ १२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App