१६ चैत्र २०८० शुक्रबार
समाज

भागरथी हत्या प्रकरण: अभियुक्तलाई बाल सुधारगृह पठाइयो

बिद्यालयवाट घर फर्कने क्रममा  दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणमा  पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृह दिपायल पठाइएको छ ।   भागरथीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेशलाई १८ बर्ष भन्दा कम उमेर भएकाले बाल सुधारगृह दिपायल पठाइएको हो । घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका उनलाई जिल्ला अदालत बैतडीका न्यायधिश तिलक बहादुर कार्कीको एकल ईजलाशले मंगलवार सुधारगृह पठाउन आदेश दिएको हो ।

जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो ।  अदालतको आदेशपछि पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए ।

गत माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकि भागरथी दोश्रो दिन साँझ वाटोवाट करिव ५० मिटर तल  लवलेक सामुदायिक बनमा मृत अवस्थामा फेला परेकी थिइन् । कांचनपुरकी वालिका निर्मला पन्तको हत्याको झझल्को दिने गरि भएको घटनालाई गंभिर रुपमा लिएर प्रहरीले अनुसन्धान गरेको थियो । भागरथीको न्यायका लागी प्रदेशभरी प्रदर्शन समेत भए । प्रहरीले भागरथीको भाई नाता पर्ने गाउँकै १७ बर्षिय दिनेशले  फागुन ४ गते पक्राउ गरेको हो । दिनेशले सरकारी वकिल सँग बुवाकै उपस्थितीमा बलत्कार पछि हत्या गरेको बयान दिएका थिए ।

प्रकाशित: २६ फाल्गुन २०७७ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App