१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले मागे माफी

नगर कार्यपालिका सदस्यहरुलाई जातीय अपशब्द बोल्दै दुर्व्यवहार गरेका भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले माफी मागेका छन् । नगर कार्यपालिकाको बैठकले गरेका निर्णयको प्रतिलिपी माग्न जाँदा उनीहरुलाई कार्यकक्षमै दुर्व्यवहार गरेका बस्नेतले आाफू बोल्न नजानेको भन्दै माफी मागेका हुन् ।

साउनयता कार्यपालिकाको बैठकले गरेका निर्णयको प्रतिलिपी माग्न माघ १२ गते कार्यालयमा जाँदा नगर कार्यपालिका सदस्य रमना परियार र प्रतीक्षा परियारलाई भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्तेनले जातीय अपशब्द बोल्दै दुर्व्यवहार गरेका थिए । मैले बोल्न जानेन भन्दै प्रमुख प्रशासकीय अधिकृत बस्नेतले माफी मागेको नगर कार्यपालिका सदस्य रमना परियारले बताइन् । नागरिक दैनिक पत्रिकामा सूचना नदिएको विषयमा समाचार प्रकाशन भएपछि प्रमुख प्रशासकीय अधिकृत बस्नेतले माफी मागेका हुन् । ‘हामी सूचना माग्न जाँदा प्रमुख प्रशासकीय अधिकृत बस्नेतले दिनु भएन,’ उनले भनिन्, ‘उल्टै जातीय अपशब्द बोल्दै दुर्व्यवहार गर्नुभयो ।’

नगर कार्यपालिका सदस्यहरुलाई साउनयता कार्यपालिका बैठकले गरेका निर्णयहरु उपलब्ध गराइएको थिएन । कार्यपालिका सदस्यहरु बैठकमा उपस्थित भएर हस्ताक्षर मात्र गर्छन तर निर्णय थाहा पाउँदैनन् । ‘बैठक पुस्तिकामा हस्ताक्षर गराउँछन्,’ प्रतीक्षा परियारले भनिन्, ‘बैठक सकिएपछि निर्णय हुन्छ । त्यो हामीलाई थाहा हुँदैन ।’ सूचना माग्न जाने जो कोहीलाई पनि सहजरुपमा सूचना उपलब्ध गराउनु पर्ने कार्यपालिका सदस्यहरुले सुझाव दिएका छन् । सूचना लुकाउँदा जनतामा नराम्रो सन्देश जाने हुँदा नगरपालिका सूचनामैत्री हुनुपर्ने उनीले सुझाए ।

प्रकाशित: २५ माघ २०७७ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App