२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

सेनाका बख्तरबन्द गाडी काठमाडौंका सडकमा

सोमबार राति चक्रपथ परिक्रमा गर्दै सेनाका बख्तरबन्द गाडीहरु । तस्बिर: रासस

नेपाली सेनाले बख्तरबन्द गाडी सोमबार राति चक्रपथ परिक्रमा गराएको छ। सेनाका करीब १० बख्तरबन्द गाडीले राति चक्रपथ परिक्रमाको अभ्यास गरेका हुन्।

मुलुकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास हुने सेनाले बताएको छ।  

सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाएको र यसखाले नियमित अभ्यास गर्दै आएको बताइएको छ।  

विगतमा यस्तो अभ्यास सीमित स्थानमा हुने गथ्र्यो। सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भन्ने ध्येयले रातका समयमा उक्त अभ्यास गरिएको सेनाले जनाएको छ।

प्रकाशित: २० माघ २०७७ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App