कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोभिड-१९ (कोरोना भाइरस) संक्रमण भएको पुष्टि भएको छ। उनको आइतबार पीसीआर परीक्षण गरिएको थियो। मन्त्री रावलको थप उपचारका लागि काठमाडौं पठाइएको प्रदेश अस्पताल सुर्खेतका अस्पताल निर्देशक डम्मर खड्काले जानकारी दिए।
प्रकाशित: २७ पुस २०७७ १२:२८ सोमबार