१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी हत्याकाण्डका मुख्य योजनाकार दुई महिनापछि पक्राउ

असई र प्रहरी जवान हत्या प्रकरण

 धनगढी नगरपालिका वडा नम्वर १२ अस्थाई प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्याका मुख्य योजनाकार सुक बहादुर भनिने अमरबहादुर राना दुई महिनापछि पक्राउ परेका छन्।

प्रहरीको हत्यापछि फरार रहेका रानालाई धनगढी उप–महानगरपालिका १९ फुलबारीको सिमा नजिकबाट हिजो साँझ पक्राउ गरि आज सार्वजनिक गरिएको हो। कैलालीका प्रहरी उपरीक्षक अनुप शमशेर जबराकाअनुसार विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो। ‘हामीले निरन्तर खोजिरहेका राना फरार भएर भारततर्फ गएका थिए, नेपालतर्फ आएको विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो’' उनले भने।  

धनगढी उप–महानगरपालिका वडा नम्वर १० जुगेडा नाकामा गोरुगाडामा मटर भारततर्फ तस्करी गरिरहेको अवस्थामा नियन्त्रण गर्न खोज्दा असई बिक र प्रहरी जवान साउँदलाई गत कात्तिक १ गते राति १० बजेतिर धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो।  

प्रहरी सहायक निरिक्षक बिक र प्रहरी जवान साउँदको हत्या गर्ने तस्करको समुह मध्य ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो।  

यसैबीच, असई बिक र प्रहरी जवान साँउदलाई नेपाल प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गर्ने निर्णय गरेको प्रहरी उपरिक्षक जवराले बताए। उनकाअनुसार बिकलाई प्रहरी नायब निरिक्षक र साउँदलाई प्रहरी हवल्दारमा बढुवा गरिएको छ।

प्रकाशित: १३ पुस २०७७ १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App