२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बोक्सी आरोप मुद्दाका फरार प्रतिवादी पक्राउ

बोक्सीको आरोप मुद्दामा अदालतबाट सजाए तोकिएपछि फरार रहदै आएकी एक महिला २ वर्षपछि पक्राउ परेकी छिन्। कपिलवस्तु नगरपालिका वडा नंम्बर ६ की ३५ वर्षीया फगुनी थरुनी पक्राउ परेही हुन्। बोक्सीको आरोप मुद्दामा अदालतले उनलाई २०७४ कार्तिक ७ गते ६ महिन कैद र ५ हजार जरिवान तोकेको थियो। फैसला भए पनि फरार रहदै आएकी उनलाई प्रहरीको टोलीले पक्राउ गरी अदालतमा पेश गरेको थियो।    

यस्तै ठगी मुद्दामा फरार रहदै आएका एक जना पनि पक्राउ परेका छन्। शिवराज नगरपालिका वार्ड नंम्बर.३ जवाभारीका वर्ष २८ का अल्ताफ मुसलमान पक्राउ परेका हुन्। २०७५ फगुज ८ गते  अदातले ठगी मुद्दामा उनलाई एक वर्ष कैद र ७ लाख ७१ हजार ५०७ रुपैयाँ जरिवाना तोकेको थियो। पक्राउ परेकका दुबैलाई कारागार चलान गरिएको प्रहरी निरीक्षक प्रेम रेग्मीले बताए।

प्रकाशित: ९ पुस २०७७ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App