५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

उखु किसानका दु:ख : मिल मालिक भेटिँदैनन्, सरकारको विश्वास छैन (भिडियो)

चिनी मिल मालिकले उखु किसानको बक्यौता रकम भुक्तानी नगरेपछि पुन: आन्दोलनमा उत्रिएका छन्। गत वर्ष किसान र सरकारबीच भुक्तानीको सहमति भए पनि त्यो कार्यान्वयन हुन सकेन। २०७६ माघ ७ गतेसम्म किसानको बक्यौता दिने गरी ५ बुँदे सहमति भएको थियो।  

चिनी मिल मालिकले उक्त सम्झौता कार्यान्वयन नगरेपनि उखु किसान एक हप्तादेखि काठमाडौंमा आएर धर्ना बसिरहेका छन्। सरकारले उनीहरुलाई वार्तामा बोलाए पनि किसानले बक्यौता रकम भुक्तानी गर्ने सुनिश्चित नभएसम्म आफूहरू वार्तामा नबस्ने बताएका छन्।
 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पठाएको पत्रको जवाफमा उखु किसान संघर्ष समिति दुइटा सर्त राख्दै त्यसमध्ये एउटामा सरकार सहमत भए मात्र वार्तामा बस्ने जानकारी गराएको छ।  

सर्त यस्ता छन् :

१. उद्योग मन्त्रालयले उद्योगीहरूबाट कुन मितिसम्म भुक्तानी गराउने, त्यो मिति अवधिसम्म हामी पीडित किसान साथीहरू सडकमै रही शान्तिपूर्ण ढंगले आन्दोलन गर्नेछौं।  

२. प्रधानमन्त्री राहत कोष वा अन्य कुनै राज्य कोष छ भने त्यस कोषबाट किसानहरूलाई बाँकी बक्यौता रकम भुक्तानी गरियोस् र त्यो सम्पूर्ण रकम उद्योगीहरूबाट सरकारले ब्याजसहित असुल उपर गरी भुक्तानी गरियोस्।

चिनी मिलले किसानहरुको करिब ९० करोड भुक्तानी गर्न बाँकी छ। किसानको रकम भुक्तानी नगर्ने रौतहटको श्रीराम सुगर मिलका संचालक हितेश गोल्छा, विशाल अग्रवाल लगायतलाई पक्राउ पूर्जीसमेत जारी गरेको छ।

प्रकाशित: २ पुस २०७७ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App