२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सुन्तला बेच्न गएका युवा मृत फेला

सुन्तला बेच्न हिंडेका एक जना युवा भिरमा मृत फेला परेका छन्। शितगंगा नगरपालिका–२, सुपादेउराली मन्दिर नजिकको भिरबाट खसेर पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीका १९ वर्षिय अनिल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।  

परिवारका अनुसार आचार्य आईतवार पाणिनीको अड्गुरीबाट सुन्तला बेच्न हिंडेका र सोही दिन साँझदेखि सम्पर्कविहिन भएका थिए। सोमबार प्रहरीचौकी नरपानी र परिवारजनले खोजी गर्दा सुपादेउराली देखी २ सय मिटर दक्षिणपट्टी शितगंगा–२ को शितखोलामा उनको शव भेटिएको थियो।

शवलाई अर्घाखाँची अस्पतालमा पोस्टमार्टम पश्चात परिवारको जिम्मा लगाएको प्रहरीले बताएको छ। आचार्य कसरी सडकबाट तल खसे भन्नेबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए।

 

प्रकाशित: २२ मंसिर २०७७ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App