११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

गाउँमा अस्पताल बनाउन निःशुल्क जग्गा दान

म्याग्दीको रघुगंगा गाउँपालिकाले–१ बेगखोलाका स्थानीयले १० शड्ढया क्षमताको अस्पतालका निर्माण गर्नका लागि ९ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। सरकारले एक स्थानीय तहमा एउटा अस्पताल बनाउने अवधारणाअनुसार यहाँ अस्पताल बनाउन आवश्यक पर्ने ९ रोपनी जग्गा स्थानीयले निःशुल्क उपलब्ध गराएका हुन्। संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको लागि बेगखोला देउरालीका लोकबहादुर फगामी, हिमबहादुर फगामी, मेजन फगामीले ५ रोपनी र देउबहादुर गर्बुजा, टुकबहादुर गर्बुजा, दानबहादुर गर्बुजा र जितबहादुर पुर्जाले ४ रोपनी जग्गा उपलब्ध गराएको वडाध्यक्ष बिलबहादुर फगामीले बताए।

स्थानीयले अस्पताल निर्माणका लागि थप जग्गा आवश्यक परेमासमेत उपलब्ध गराउने प्रतिवद्धता गरेका छन्। जग्गादाताले योभन्दा पहिले गाउँमा हुने विकास निर्माणका काममा ठूलो सहयोग रहेको वडाध्यक्ष फगामीको भनाइ छ। अस्पतालका लागि उपलब्ध गराइएको जग्गाको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीलगायतको टोलीले अनुगमन समेत गरेको छ।

अस्पताल बनाउन लागि बेगखोला देउरालीका लोकबहादुर फगामी, हिमबहादुर फगामी, मेजन फगामीले ५ रोपनी र देउबहादुर गर्बुजा, टुकबहादुर गर्बुजा, दानबहादुर गर्बुजा र जितबहादुर पुर्जाले ४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्।

१० करोड भन्दाबढी लागत अनुमान गरिएको अस्पताल निर्माणका लागि चालु आर्थिक वर्षका लागि ८५ लाख बजेट प्राप्त भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए। ‘भौतिक पूर्वाधारका कामलाई तिव्रता दिन्छौं,’ उनले भने, ‘जग्गा व्यवस्थापन नहँुदा समस्या भएको थियो अब अस्पताल निर्माणको काम सुरु हुन्छ।’ स्थानीयले उपलब्ध गराएको जग्गाको मूल्यांकन गरी जग्गादातालाई सम्मानसमेत गरिने गाउँपालिका अध्यक्ष बस्नेतको भनाइ छ। यसअघि संघीय सरकारमार्फत रघुगंगा–१ बेगखोलामा स्वास्थ्य चौकी विस्थापन गरी अस्पताल निर्माण गर्ने योजना स्वीकृत भएको थियो। बेगखोलाको भुगोलअनुसार अस्पताल बन्ने निश्चित भएपछि उक्त योजनालाई अन्यत्र सारिने छ।

प्रकाशित: १५ मंसिर २०७७ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App