८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा थपिए १ हजार ३८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा १ हजार ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ नयाँ पुरुष संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार संक्रमितहरुमध्ये काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जना छन्।

पछिल्लो २४ घण्टामा देशभर १४ सय ४२ नयाँ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो पटक ३५ सय ३८ जना कोरोना मुक्त भएका छन्। १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ।  

अहिलेसम्म देशभर संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ भने निको हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० छ। यस्तै मृतकको संख्या १२ सय ५९ पुगेको छ।

 

प्रकाशित: ३ मंसिर २०७७ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App